एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्ण जीवी पन्थ अत्याधिक मतले विजयी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष्ँमा कृष्णजीवी पन्थ अत्याधिक मतका साथ विजयी हुनु भएको छ । पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्धन्द्धी बीआर लामाले ५ हजार ५६३ मत पाउनु भयो ।

अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनुभयो । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । महासचिवमा अन्जनकुमार चौलागाईँले ६ हजार ३ सय १२ मत प्राप्त गर्दै विजयी हुनुभयो ।


प्रकाशित | १७ जेष्ठ २०७८, सोमबार ११:४६