आगामी डेढ वर्षमा जुम्लामा प्रसारण लाइन पुग्छ: कुलमान घिसिङ

काठमाडौ: जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताउनुभएको छ ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले  प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र प्राधिकरणले विद्युत् बिक्रीका लागि प्रयास गरेको बताउनुभएको थियो । जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले सुर्खेतबाट ८१ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताउनुभयो ।

ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पु¥याएको र आगामी डेढ वर्षभित्र राष्ट्रिय ग्रीड पु¥याउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत् स्थानीय उपभोक्ता समितिले भाडामा लिएर चलाएको बताउनुभयो । “लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ”, घिसिङले भन्नुभयो ।


प्रकाशित | २२ श्रावण २०७६, बुधबार ११:४३