प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज प्रधानमन्त्रीको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते केन्द्रीय सरकारको वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था छ । तर यस पटक प्रतिनिधिसभा कायम नरहेको अवस्थामा सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।

बजेट आउने दिनको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई अर्थपूर्णरुपमा हेरिएको छ । यस वर्ष सरकारले कोभिड १९ नियन्त्रणमा केन्द्रित बजेट ल्याउने तयारी गरेको छ ।


प्रकाशित | १४ जेष्ठ २०७८, शुक्रबार १३:१५