‘जिरो’पछि अनुष्का मौन

काठमाडौँ : बलिउड अभिनेत्री अनुष्का शर्माले ‘जिरो’पछि कुनै फिल्ममा साइन गरेकी छैनन् । अनुष्काले कुनै फिल्ममा साइन नगर्दा उनको मौनताको कारणबारे हालै मात्र एक भारतीय अनलाइनलेसँग कुरा गर्दै अनुष्काले खुलाएकी छिन् । उनले भनेकी छिन्, ‘यो फैसला मैले सोचेर नै लिएकी हुँ । म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थेँ । मैले बिहेपछि ‘सुई धागा र जिरो’मा लगातार काम गरेँ । जब मसँग समय हुन्थ्यो, त्यो समयमा मात्र म विराट कोहलीसँग भेट गर्थेँ ।’

‘मलाई लाग्यो कि अब मैले ब्रेक लिनुपर्छ । मैले मेरो टीमसँग पनि भनेको थिएँ कि, मलाई केही महिना कुनै पनि चलचित्रको कथा पनि नसुनाउनु । किनकी, मलाई कुनै चलचित्रको स्क्रिप्ट पनि पढ्न मन थिएनँ ।’‘हामी आफैसँग सधै नै झुठ बोलिरहेका हुन्छौ । मानिसहरुले त किन चलचित्रमा काम नगरेको भनेर सधै नै सोधिरहन्छन् । तर, हामी वास्तविक कुरा नभनेर उनीहरुसँग होइन कि आफैसँग झुठ बोलिरहेका हुन्छौ ।’


प्रकाशित | १६ श्रावण २०७६, बिहीबार १५:२०