संसद विघटनविरुद्धका रिट संवैधानिक इजलासमा

काठमाडौँ । संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल ईजलासले रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिनु भएको हो । संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।


प्रकाशित | १३ जेष्ठ २०७८, बिहीबार १५:०८