गैर आवासीय नेपालीको ज्ञान, सिप र प्रविधिलाई आर्थिक सामाजिक विकासमा आर्कषित गरिने

काठमाडौं : सरकारले विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा गैर आवासीय नेपालीको ज्ञान, सिप र प्रविधिलाई नेपालमा भित्र्याएर नेपालको आर्थिक सामाजिक विकासमा आर्कषित गर्ने उल्लेख गरिएको छ । गैर आवासीय नेपालीको साझा संस्था एनआरएनएले गत वर्ष पहिलो पटक विज्ञ सम्मेलन आयोजना गरि विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरिसकेको छ । साथै १० अर्बको संयुक्त लगानीको लागि गैर आवासीय नेपाली संघ लागिपरेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १८:४७