राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नु भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नु भएको हो ।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले एक बिज्ञप्ति जारी गर्दै जनाएको छ ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको बताइएको छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।


प्रकाशित | ९ जेष्ठ २०७८, आईतवार १७:००