एनआरएनए बेल्जियमको अधिवेशन आगामी जुलाई १८ तारिखमा गर्ने निर्णय

बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको अधिबेशन आगामी जुलाई महिनाको १८ तारीख़मा गर्ने निर्णय गरिएको छ । संस्थाको नियमित बैठकले सो निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष चित्र सुबेदीको अध्यक्षतामा साथै एनआरएनए युरोप संयोजक नारायण आचार्यको उपस्थितिमा अर्चुअल माध्यमबाट बसेको बैठकले निर्वाचन एनआरएनए आईसीसीले तोकेको मापदण्ड अनुरुप एमआइएस मार्फत अनलाईन आवेदनको लागी पुन: अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

एनआरएनए बेल्जियमको पंजीकृत सदस्यता आह्वान यस अघि नै गरिसकेको छ । पञ्जीकृत सदस्यताको लागी आवेदन दिने अन्तिम मिती अधिबेशनको मितीले एक महिना अगाबै १७ जुन २०२१ सम्मलाई तोकिएको छ।


प्रकाशित | ३१ चैत्र २०७७, मंगलवार ०९:५७