ग्लोबल गोरखा समाजले गोरखामा गर्यो स्वास्थ्य सामाग्री सहयोग

गोरखा । ग्लोबल गोरखा समाजले गोरखामा स्वास्थ्य सामग्री सहयोग सहयोग गरेको छ । ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा जिल्लामा आठ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि सो स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

स्थानीय तह मार्फत जिल्लाबासीलाई बिदेशमा रहेकाहरुले स्वास्थ्य सामग्री पठाएका हुन् । एन्जिटिन किट ४० वटा देखि ७५ वटा सम्म, अक्सिमिटर २० देखि ३० वटा र मास्क पाँच हजार देखि आठ हजार थान बितरण गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताउनु भयो । ‘हामीले कोरोना संक्रिमत धेरै भएको पालिकामा धेरै र कम भएको पालिकामा कम दिएका छौँ’ उहाँले भन्नु भयो । आवश्यकताका आधारमा बितरण गरिएको उहाँले जानकारी दिनु भयो ।

गोरखामा कोरोना संक्रमण दर ह्वातै बढेकाले जिल्लाबासीलाई परेको समस्यामा केही मलम लगाउन बिदशेबाट सहयोग जुटाइएको ग्लोबल गोरखा समाजका नेपाल संयोजक बिनोद पोखरेलले बताउनु भयो । उक्त सहयोग जुटाउन गोरखा समाज जापानका अध्यक्ष सिएम भट्टराई र उपाध्यक्ष एवं अर्थ संकलन संयोजक मनिष आमात्यले मुख्य भुमिका रहेको छ ।

शनिबार गोरखा नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच उक्त स्वास्थ्य सामग्री पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले बिदेशमा रहेर पनि स्थानीय सरकारलाई सहयोग गर्ने, साँझेदारी गर्ने काम स¥हानिय भएको भन्दै प्रशंसा ब्यक्त गर्नु भयो ।

कोरोनाको महामारीसँग जुध्न सबैको सहकार्यबाट मात्र संभव रहेको बताउँदै उहाँले बिदेशमा रहेका गोर्खालीहरुले जस्तै सामाजिक भाव राखेर अघि बढ्न, सहकार्य गर्न अन्य संघ संस्थालाई पनि आग्रह गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले कोभिड १९ को बढ्दो संक्रमण र स्रोत साधन अभाव भईरहेका बेला बिदेशबाट गोर्खालीहरुले पठाएको सहयोग निकै उपयोगी भएको बताउनु भयो । ‘पालिकाले आवश्यकताका आधारमा बितरण गर्छन’ उहाँले भन्नु भयो ‘यसले कोरोना रोकथाम र न्यूनिकरणमा केही मद्धत पुग्नेछ ।’

ग्लोबल समाज गोरखाले बिभिन्न देशमा रहेका गोर्खाली सँगको सहयोगमा थप सहयोग संकलन गरिरहेको जनाएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार २०:२२