कस्तो रह्यो एनआरएनए अध्यक्ष भवन भट्टको दुई वर्षे कार्यकाल ? के-के भए नयाँ काम ?

काठमाडौं : गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ । हरेक दुई वर्षमा एक पटक आयोजना गरिने विश्व सम्मेलनले नेतृत्व समेत चयन गर्नेछ ।  गत २०१७ को आठौं विश्व सम्मेलनबाट अध्यक्षमा निर्वाचीत हुनुभएको एनआरएनए अध्यक्ष भवन भट्टले  एनआरएनएको नेतृत्व हस्तान्तरण गर्दैहुनुहुन्छ ।

पुनः उम्मेदवारी नदिने घोषणा गरिसक्नु भएको भट्टको दुई वर्षे कार्यकाल कस्तो रह्यो ? दुई वर्षअघि निर्वाचनमा ब्यक्त चुनावी प्रतिबद्धता कती पूरा भए ? वा भएनन ? समग्रमा भट्टको कार्यकालमा के कस्ता नयाँ काम भए ? हामीले अध्यक्ष भट्टको दुई वर्षे कार्यकालमा भएका गतिविधी, उपलब्धीलाई छोटकरीमा विश्लेषण गर्ने प्रयास गरेका छौ ।

एकीकृत लाप्राक नमुना बस्ती निर्माण 

वर्तमान कार्यकालमा गैर आवासीय नेपाली संघले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण सम्पन्न भएको छ । अध्यक्ष भवन भट्टको नेतृत्वले गोरखाको लाप्राकमा एनआरएनएले थालेको एकीकृत लाप्राक नमुना बस्ती निर्माण सम्पन्न गरेको हो । भोली १६ अक्टोवरमा सो बस्तीको प्रथम चरणको हस्तान्तरण हुॅंदैछ।

अघिल्लो तत्कालीन अध्यक्ष शेष घलेको पालामा शूरु गरिएको लाप्राक नमूना बस्तीको निर्माण सम्पन्न गरिए पनि लाप्राकबासीलाई हस्तान्तरण भने हुन सकेको छैन । केहि प्राविधिक समस्याका कारण बस्ती हस्तान्तरण गर्न नसकिए पनि बस्तीको निर्माण कार्य भने पूरा भएको अध्यक्ष भवन भट्टले बताउनुभयो ।

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको लाप्राक गाउँमा एनआरएनले सञ्चालन गरेको सो पोजेक्ट २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, एनआरएन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

वैशाखमा सम्झौता भए पनि वस्ती निर्माणको शिलान्याश भने २०७३ माघमा भएको थियो। बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिएको थियो ।

गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो । गुरुयोजनामा उल्लेख गरिए अनुसार नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनेका छन् ।

एनआरएनए केन्द्रीय सचिवालयको आफ्नै भवन निर्माण सम्पन्न

अध्यक्ष भवन भट्टको नेतृत्वमा एनआरएनए केन्द्रीय सचिवालयको आफ्नै भवनको समेत निर्माण सम्पन्न भएको छ । केहि छिटफुट काम भइरहे पनि निर्माण कार्य लगभग सम्पन्न भएको अध्यक्ष भट्टले बताउनुभयो । एनआरएनए भवन समेत अघिल्लो तत्कालीन अध्यक्ष शेष घलेको पालामा निर्माण थालीएको थियो ।

पहिलो पटक विश्व विज्ञ सम्मेलन तथा विधान सभा

गैर आवासीय नेपाली संघले पहिलो पटक विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीको सहभागितामा काठमाडौंमा विज्ञ सम्मेलन आयोजना गरेको छ । पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलनमा विश्वभरीका तीन सय पचास जनाको सहभागितामा थियो ।

 विदेशमा रहेका गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिप र प्रविधिलाई भित्याएर मुलुकको आर्थिक सम्मृद्धिमा कसरी टेवा पुरयाउन सकिन्छ भनेर विज्ञ सम्मेलन आयोजना गरिएको हो ।

नेपाल सरकार सहआयोजक रहेको सो विज्ञ सम्मेलनबाट प्राप्त निस्कर्षलाई स्वेत पत्र तयार पारि नेपाल सरकरालाई हस्तान्तरण गरिएको छ । साथै सोही अवसरमा एनआरएनको संस्थागत संरचनमा परिवर्तन ल्याउने उद्देश्यले पहिलो पटक विधान सभा समेत सम्पन्न गरिएको छ । सभाले संस्थागत संरचनामा फेरबदल गरेको थियो ।

जानकी मन्दिरमा लाईटिङ परियोजना

गैर आवासीय नेपाली संघको सहयोगमा वर्तमान कार्यकालमा जनकपुर मन्दिर परिसरलाई विद्युतीयकरण मार्फत प्रज्ज्वलन (लाईटिङ) गर्ने कार्य भएको छ । प्रदेश नं. २ का प्रमुख लाल बाबु राउत र एनआरएनए संरक्षक डा. उपेन्द्र महत्तोको रोहवरमा मन्दिर प्रज्ज्वलन गर्ने कार्य भएको हो ।

एनआरएनए संखमुल उद्यानको निर्माण सम्पन्न

एनआरएनएको मेगा प्रोजेक्टको रुपमा रहेको शख्खमूल पार्क निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ । वर्तमान अध्यक्ष भट्टको कार्यकालमा सो पार्कको निर्माण सम्पन्न गरिएको हो । सो पार्क समेत अघिल्लो तत्कालीन अध्यक्ष शेष घलेको पालानमा शूरु गरिएको थियो ।

नेपाल पत्रकार महासंघमा ई लाईब्रेरिको स्थापना

गैर आवासीय नेपाली संघको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पत्रकार पुस्ताकालय तथा स्रोत केन्द स्थापना गरिएको छ । संघको सहयोगमा विभिन्न संघसंस्थासँगको सहयाकार्यमा ई लाईबे्ररि स्थापना गरिएको हो ।

प्रथम पटक ८ औ राष्ट्रिय खेलकुदमा सहभागिता

गैर आवासीय नेपाली संघले इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूदमा सहभागिता जनाएको छ । नेपालको आर्ठौ राष्ट्रिय खेलुकुदमा सहभागि जनाउँदै एनआरएनएको तर्फबाट ६ स्वर्णहित १४ पदक प्राप्त गरिएको थियो ।

एनआरएनए कृषि कार्यक्रमको शूरुवात

रोड सेफ्टि आयोजना

तराईको हावाहुरीमा बलियो उपस्थिति

एनआरएनए स्पोर्टस एकेडेमीको स्थापना

पर्यटन प्रबर्धनको शुभारम्भ

ऐतीहासिक सिन्धुलीगढीको पुन: निर्माण सम्बन्धि गुरुयोजना तयार

गैर आवासीय नेपाली संघको सहयोगमा ऐतिहासिक सिन्धुलीगढीको विस्तृत गूरुयोजना तयार पारि कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सो परियोजनाको लागि आर्थिक, प्राविधिक एवं सबै प्रकारका सहयोग एनआरएनले गरेको थियो ।

१० अर्बको लगानी सम्झौता

गैर आवासीय नेपाली संघको पहलमा १० अर्बको सामूहिक लगानी गर्ने विषयमा नेपला सरकासँग सम्झौता भएको छ । गैर आवासीय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल भित्याउने सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल सरकारका प्रतिनिधिबीच सो सहमतीपत्रमा हस्ताक्षर भएपछि अब नेपालमा गैर आवासीय नेपालीले आगामी दिनमा १० अर्बको सामूहिक लगानी गर्न पाउँने भएका हुन ।

गैर आवासीय नेपाली संघ र अध्यक्ष भवन भट्टको नेतृत्वमा दुई वर्षमा निकै महत्वपूर्ण कार्य भएका छन् । जसमा अन्य कार्यलाई निम्नानुसार प्रस्तुत गरिन्छ: –

-उज्यालो नेपाल अभियान

-सरकारको साक्षरता अभियानमा सहभागिता

-पञ्जीकृत सदस्यतको लागि विभिन्न कर्पोरेट संघसंस्थासँग सहुलियताको सवालमा पहल

-प्रधाननमन्त्रीको राजकीय भ्रमण दलमा एनआरएनको प्रतिनिधित्व (भारत र चीन)

– त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सफाई अभियान

-एकदिन एकदान अभियान

– अतिथि देवो भवः अभियान

-लगानी सम्मेलनको आयोजक कमिटी सदस्यमा सक्रिय सहभागिता

समग्रमा वर्तमान अध्यक्ष भट्को कार्यकाल उपलब्धीमूलक र सन्तोषजनक रहेको पाइएको छ । वर्तमान कार्यसमितिलाई विगतमा एनआरएनएले शूरु गरिएका मेगा प्रोजेक्टमा अल्झिदा नयाँ कार्य अगाडि बढाउन भने निकै चुनौती देखिएको छ । किनकी वर्तमान कार्यसमितिको अधिकांश समय एनआरएनका मेगा प्रोजेक्ट निर्माण सम्पन्न गर्नमा नै बितेको छ । भट्टको कार्यकाल टिमको असहयोगको बावजुत पनि एक्लो प्रयासले भए पनि समग्रमा सफल भएको मान्न सकिन्छ ।


प्रकाशित | २८ आश्विन २०७६, मंगलवार २१:३२