राष्ट्रपति र प्रधानमन्त्रीको कदम इतिहासको भिन्न कोतपर्व: कांग्रेस प्रवक्ता शर्मा

काठमाडौँ ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामारीको चपेटामा रहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि निर्वाचन दिइएको प्रतिक्रिया दिनु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै मध्यावधि निर्वाचन घोषणा गरेलगत्तै प्रवक्ता शर्माले ट्वीट गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई इतिहासको भिन्न कोतपर्वको संज्ञा दिनु भएको हो । उहाँले प्रधानमन्त्री ओलीको अधिनायकवादको हाइवेको भ्रममा रहेको पनि बताउनुभयो ।

उहाँले ट्वीटमा लेख्नु भएको छ, ‘महामारीमा मृत्युसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि । इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ।’ प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले लोकतन्त्र र संविधान रक्षा गर्न जनता अघिअघि र कांग्रेस पछिपछि हुने भन्दै चेतावनी दिनु भयो ।

उहाँले ट्वीटमा भन्नुभएको छ, ‘तर पिएम हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ ।’


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार ०७:५९