दुवै अध्यक्षले मलाई नै सभामुख बन्न प्रस्ताव गरिसक्नुभयो : सुवास नेम्वाङ

शुरोजङ्ग पाण्डे

तपाईं सभामुखको दाबेदार हो कि होइन ?

मैले त्यसलाई व्यक्तिगत दाबी वा टिप्पणी गर्ने विषय होइन । त्यो सम्बन्धित दलको संसद्को विषय हो । सम्बन्धित दलले नै यसलाई छिटो टुंगोमा पुर्‍याउँदा उपयुक्त हुन्छ ।

यसको मतलब दलले टुंगो नलगाएसम्म तपाईं सभामुखको दाबेदार होइन ?

मैले अघिल्लो प्रश्नमै भनिसकेँ । यो मेरो व्यक्तिगत दाबीको प्रश्नै होइन, संसद्ले नै टुंगो लगाउने गम्भीर विषय हो । अब बन्ने सभामुखले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, संसद्मा रहेका सबै राजनीतिक दललाई एक ठाउँमा उभ्याउने काम गर्नुपर्छ । त्यस्तो गर्न सक्ने कुनै पनि साथीलाई संसद्ले सभामुख चयन गरोस् भन्ने मेरो धारणा हो ।

यसको अर्थ जो सभामुख हुँदा पनि तपाईंलाई स्वीकार्य छ ?

त्यसमा त कुनै विवाद छैन नि । यो वा त्योभन्दा पनि उपयुक्त व्यक्ति जो बन्दा पनि हुन्छ भन्ने मेरो धारणा हो ।

तर, बाहिर त तपाईं नै प्रधानमन्त्रीको रोजाइमा परेको चर्चा छ नि ?

मलाई प्रधानमन्त्रीले मात्र होइन, कमरेड प्रचण्डले पनि तपाईं नै सभामुख हुनुपर्छ भनिसक्नुभएको छ । त्यस्तै, संसद्मा रहेका सम्पूर्ण दलका नेताले पनि तपाईं नै हुनुपर्छ भनिरहनुभएको छ । त्यसकारण प्रधानमन्त्रीले मात्र भन्नुभयो भन्ने त प्रश्नै रहेन नि ।  नयाँ पत्रीका


प्रकाशित | १० पुष २०७६, बिहीबार १३:०६