कोरोना नियन्त्रणका लागि अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने

काठमाडौँ । कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने भएको छ । नेपालमा कोरोना महामारीले उग्र रुप लिदै गर्दा मित्र राष्ट्र अष्ट्रेलियाले स्वास्थ्य सामाग्री किन्न आर्थिक सहयोग गर्ने भएको हो । शुक्रबार विदेशमन्त्री मरिस पेनद्वारा जारी गरिएको विज्ञप्तिमा अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ ।

सहयोग रकममध्ये ७ मिलियन अर्थात साढे ६३ करोड रुपैया नेपालका लागि खर्च गरिनेछ । नेपालमा जाने सहयोग रकम नेपाल सरकारमार्फत भने नजाने भएको छ । सहयोग पठाउनका लागि अष्ट्रेलियन सरकारले संयुक्त राष्ट्र संघको नियोग तथा गैर सरकारी संघसंस्थालाई माध्यम बनाउने विज्ञप्तीमा उल्लेख छ ।


प्रकाशित | ७ जेष्ठ २०७८, शुक्रबार १३:०७