गैर आवासीय नेपालीहरुको मागबमोजीम महासचिवमा पुन:उम्मेदवारी : गौरीराज जोशी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीले पुन: उम्मेदवारी घोषणा गर्नु भएको छ । गैर आवासीय नेपालीहरुको माग र चाहनाबमोजीम पुन महासचिवमा उम्मेदवारी दिने घोषणा गरेको जोशीले स्पष्ट पार्नुभयो ।

‘संसारभरका गैर आवासीय नेपालीहरूले महासचिवमा निरन्तरता चाहेपछि दोहोरिने निर्णयमा पुगेको हुँ’, जोशीले भन्नुभयो । जोशीले आगामी कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी जाने तयारी गरेपनि संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीको माग बढेपछि पुन: दोहोरिने निर्णय गरेको बताउनुभयो ।

थोरै बोल्ने काम गर्ने स्वभावको जोशी निस्वार्थ हिसावले समाजसेवीमा लाग्दै आउनु भएको छ । सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा आबद्ध रहँदै आउनु भएको जोशी गैर आवासीय नेपालीको लागि सबैले रुचाएको ब्यक्ती पर्नुहुन्छ । संस्थालाई सबैको साझा र दिगो बनाउनु अहिलेको आवस्यकता भएकोमा जोशीको जोड छ ।

एनआरएनएको महासचिव पदमा एनआरएनए सचिव गंगाधर गौतम, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी र एसिया प्याशिफिक क्षेत्रका क्षेत्रीय संयोजक पारसमणी पोखरेललगायतले इच्छा जाहेर गर्नु भएको छ ।

को हुन जोशी ?

जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानीनुहुन्छ । अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल हुनुहुन्छ ।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार समेत हुनुहुन्छ । संस्थाका हरेक गतिविधिलाई पार्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्नुहुन्छ । संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि हुँदैछ।

चितवनमा जन्मिनु भएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका जानु भएको थियो । उहाँले अमेरिकामै आइटीको अध्ययन पूरा गर्नुभयो । पछिल्लो समय जोशी आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न हुनुहुन्छ ।

नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गर्नु भएको छ । सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । जोशी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य समेत हुनुहुन्छ ।

यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय हुनुभयो । उहाँसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी हुनु भएको थियो ।


प्रकाशित | २७ श्रावण २०८०, शनिबार १३:१६