प्रतिनिधि सभा पुर्नस्थापना नभए चुनावमा जान समाजवादी तयार : अध्यक्ष ठाकुर

भैरहवा । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावमा जानुपरे आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । प्रेस नेपालले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले आफ्नो पार्टी अदालतको नतिजा पर्ख र हेरको अवस्थामा रहेको भन्दै प्रतिनिधि सभा पुनस्र्थापना नभए चुनावका लागि तयार रहेको प्रस्ट पार्नुभएको हो ।

“अदालतबाट संसद् पुनस्र्थापना नभएर चुनावमा जानुपरे हाम्रो पार्टी तयार छ, हामी पर्ख र हेरको स्थितिमा छौँ,” ठाकुरले भन्नुभयो । उहाँले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निष्पक्षता र न्याय निरुपणमा पूर्ण विश्वास रहेको पनि बताउनुभयो ।


प्रकाशित | २८ पुष २०७७, मंगलवार ०७:३१