क्वालिटीको इनर्जी डिङ्क्स र जुस बजारमा

विराटनगर : करिब तीन दशकदेखि तयारी खाद्य वस्तुको उत्पादन गर्दै आएको काबराजी ग्रुपको क्वालिटी थाई फुड्स प्रालिले पछिल्लो समय नेपालमै पहिलोपटक इनर्जी ड्रिङक्सको उत्पादन सुरु गरेको छ । अत्याधुनिक स्वचालित प्रविधिबाट आफ्नो नयाँ उत्पादन ‘वाओ’ ब्राण्डको इनर्जी ड्रिङक्स र ‘टोटल’ ब्रान्डको फलफूलको जुस बजारमा ल्याएको हो ।

क्वालिटी थाई फुड्सले अत्याधुनिक कोरियन प्रविधिको पूर्ण स्वचालित मेसिनबाट उत्पादित इनर्जी ड्रिङक्स नेपालकै पहिलो इनर्जी ड्रिक्स हो । यसअघि नेपाली बजारमा विभिन्न तेस्रो मुलुकबाट आयातित यस्तो ड्रिङक्स बजारमा उपलब्ध हुँदै आएको थियो ।

बजारमा उपलब्ध भएका अधिकांश इनर्जी ड्रिङक्स विदेशमै प्याक भएर आउने भएकाले आमजनताको स्वास्थ्यमा प्रतिकूल हुनसक्ने भएकाले क्वालिटीले हालसालै भित्रिएको अत्याधुनिक प्रविधिको कोरियन स्वचालित मेसिनबाट अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन सुरु गरेको हो ।

यस्तै थाई फुड्सले ‘टोटल’ ब्रान्डमा फलफूलको जुससमेत बजारमा ल्याएको छ । आँप, लिची, भुँइकटहर, अम्बा, मेवालगायतका एक दर्जनभन्दा बढी फलपूmलको जुस बजारमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।


प्रकाशित | १६ मंसिर २०७६, सोमबार ०७:५९