आज काठमाण्डाैसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा साँझपख पानी पर्ने सम्भावना

काठमाण्डौ : आजको मौसम सफा रहेको भएपनि साँझापख पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।  अरु ठाउँको मौसम भने सफा नै रहनेछ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०९:०३