घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७८, बुधबार १२:४८