भारतमा एकै दिन अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित

नयाँदिल्ली : भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका छन् । अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । तीमध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।


प्रकाशित | १२ असार २०७७, शुक्रबार १५:११