मन्त्रीपरिषद बैठक : भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय

काठमाडौं : नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको हो ।

भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराउनुभयो । बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको छ । भिक्षु अश्वघोषको गत शुक्रबार निधन भएको थियो ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १५:२५