भक्तपुरका दुई अस्पताललाई अर्थ मन्त्रालयद्धारा ६ करोड ९२ लाख बजेट स्वीकृत

भक्तपुर । कोभिड -१९ ब्यवस्थापनको लागि भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई ६ करोड ९२ लाखको बजेट स्वीकृत भएको छ । अर्थ मन्त्रालयले भक्तपुरका दुई अस्पताललाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६ करोड ९२ लाख बजेट स्वीकृत गरेको हो ।

भक्तपुरका सांसद महेश बस्नेतले जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल र नेपाल कोरिया अस्पतालमा भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु ६ करोड ९२ लाख बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भई कार्यान्वयनको लागि अगाडी बढेको जानकारी दिनुभयो ।  स्वास्थ्य मन्त्रीसँगको बैठकमा आफूले उठाएको माग सम्बोधन गर्दै बजेट स्वीकृत भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

अर्थ मन्त्रलायले आइतबार कोभिड ब्यवस्थापको लागि देशभरका विभिन्न १६ केन्द्रीय अस्पताल र प्रदेशस्थित सामाजीक विकास मन्त्रालय अन्तर्गत रहेका ५ वटा सरकारी अस्पताललाई १ अर्ब ३६ करोड ६५ बजेट स्वीकृत गरेको हो ।

यस्ता छन् बजेट स्वीकृत भएका अस्पतालहरु:-


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार २३:०३