बजेटअघि नै अधिकाशं सामानमा अत्यधिक मूल्यवृद्धि

काठमाडौं : बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् । सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा व्यवसायीले अहिलेदेखि नै मूल्य बढाएका हुन् । बजारमा विशेषगरी हरियो तरकारी, खाद्यान्न, चुरोट, मदिरासँगै खसीको मासुको मूल्य बढेको छ । चुरोट प्रतिप्याकेट १० देखि १५ रुपैयाँ बढेको छ । उत्पादन कम भएको र भारतमा चुनावका कारणले आयात भन्दै बजारमा तरकारीको भाग धेरै बढेको छ ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०७:३९