एनआरएन हङकङले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

हङकङ । १११ औ अन्तर्राष्ट्रिय महिला दिवस हङकङमा पनि मनाइएको छ । एनआरएन हङकङ महिला फोरम र नेपाली महिला संघको संयुक्त आयोजनामा हङकङ तथा मकाउको लागि महाबाणिज्य दुत उदय बहादुर राना मगरको प्रमुख आथित्यतामा महिला दिवस मनाइएको हो । कार्यक्रममा हङकङका महिला दिदीबहिनीहरुको विशेष सहभागिता रहेको थियो ।

विगतका वर्षहरुमा हर्षोलासका साथ मनाइँदै आएको महिला दिवस यो पटक कोभिड-१९ लाई ध्यान दिर्दै पहिलो चरणमा महिला नेतृहरु साथै महिला दिदीहरुसँग समसामयिक विषयहमा कोभिड १९ ले पारेका असर,आफ्नो भोगाई सम्बन्धि अन्तर्कृया कार्यक्रम सप्पन्न भएको थियो।

कार्यक्रममा एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङ, एनआरएनए हङकङ महिला फोरम सयोजक अनु राई, एनआरएनए हङकङ महिला फोरम तथा महिला संघ हङकङका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रमको सह-आयोजकहरुमा क्रमश: तमु टो ह्युल महिला बिभाग, मगर संघ हङकङ महिला बिभाग, तामाङ्ग घेदुङ्ग आङ्गी समूह, चाम्लिङ्ग खाम्बतिम महिला बिभाग, नमोबुद्द आमा समूह रहेका थिए ।

सो अवसरमा हङकङ तथा मकाउको लागि महाबाणिज्य दुत उदय बहादुर राना मगरलाई स्वागत तथा सम्मान पनि गरिएको थियो । कार्यक्रममा विभिन्न क्ष्ँेत्रमा सक्रिय महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो ।


प्रकाशित | २५ फाल्गुन २०७७, मंगलवार १४:४७