उद्योगी दिवाकर गोल्छाको शव काठमाडौँ ल्याइँदै : आजै अन्त्येष्टि गरिने

काठमाडौं : उद्योगी दिवाकर गोल्छाको शव बुधबार काठमाडौं ल्याइने भएको छ । मंगलबार राती चेन्नईमा गोल्छाको निधन भएको थियो । किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो । ६७ वर्षका उनका दुई छोरा रहनुहुन्छ । गोल्छाको शव आजै काठमाण्डौ ल्याई पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

गोल्छा नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बन्नुभएको गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसक्नु भएको थियो । गोल्छाको अग्रसरतामा दुई दर्जन भन्दा बढी उदयोग स्थापना भएका थिए। हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १४:२६