बहुमतको सरकारका लागि दावी परेन : राष्ट्रपति कार्यालय

काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैको दावी नपरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसिमाभित्र कसैको पनि दावी नपरेको जनाएको हो । राष्ट्रपति भण्डारीले बिहीबार राति ९ बजेसम्मको लागि समयसिमा तोक्नु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार २१:५५