एमाले विवाद सुल्झाउन बन्यो ९ सदस्यीय कार्यदल

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन नेकपा एमालेले ९ सदस्यीय कार्यदल गठन गरेको छ । ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ हुनुहुन्छ भने खनाल–नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट हुनुहुन्छ । कार्यदलमा दुई जना पछि थपीने जनाइएको छ ।

पार्टीभित्रको विवादलाई सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज करिव चार घन्टा वार्ता भएको थियो । वार्तापछि नेपाल समूह राजीनामाबाट पछि हटेको थियो । सोही छलफलको क्रममा कार्यदल गठन गर्ने सहमती समेत भएको थियो ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार २१:४७