संसदको गरिमा जोगाउन सभामुख सापकोटाको पक्षमा उभिन्छौ : नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप लगाउनुभएको छ  । सुरूमा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला समर्थन र विरोध नगरे तमासा देखाएको बताउनुभयो।

आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दाबी गर्नुभयो । सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइरहँदा उहाँले आफ्नो पार्टी संसदको गरिमा जोगाउन सभामुख सापकोटाको पक्षमा उभिने बताउनुभयो ।


प्रकाशित | १७ फाल्गुन २०७८, मंगलवार १७:०२