लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी गराएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 


प्रकाशित | १९ बैशाख २०७८, आईतवार १५:५३