एनआरएनए यूके अध्यक्ष योग कुमार फगामीको आइसिसी सदस्यमा उम्मेदवारी

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेका वर्तमान अध्यक्ष योग कुमार फगामीले आगामी कार्यकालको लागि आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको छ । फगामीले एक बिज्ञप्ति जारी गर्दै आइसिसी सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी गराउँदै उम्मेदवारी दर्ता गराउनुभएको हो ।

गैर आवासीय नेपाली संघ बेलायतको महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षको भूमिका निर्वाह  गरि सक्नु भएको फगामीले गैर आवासीय नेपाली संघ बेलायत मार्फत भुपु गोर्खाहरुको मुद्दा होस् वा नेपाली नागरिकता निरन्त्रता र अन्य मुद्दाहरुलाई पूरा गर्न पनि यो अभियानमा सामेल हुनु पर्ने भएकाले यस्तो निर्णयमा पुगेको बताउनुभयो ।


प्रकाशित | १ भाद्र २०७६, आईतवार १८:५२