नेकपा स्थायी कमिटी बैठक : एमसीसीलगायत सात वटा मुख्य कार्यसूची तय, अर्को बैठक १२ गते बस्ने

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पाँचौ स्थायी कमिटि बैठक सकिएको छ । आजको बैठकले सात वटा मुख्य कार्यसूची तय गरेको छ ।

पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार कार्यसूचीमा अ‍मेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), कोरोनालगायतका विषयलाई समेट्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका प्रयास, सीमा समस्या समाधानको विषय, सरकारको कामको समग्र समीक्षा, पार्टीको कामको समीक्षा र एकीकरणको पूर्णताको विषयमा छलफल, एमसीसीको बारेमा छलफललगायतको कार्यसूची तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । त्यसबाहेक विविध एजेण्डामा भने रुकुम घटना, नागरिकता सम्बन्धी विधेयकमाथि छलफल हुने पनि प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।

अर्को बैठक १२ गते बस्ने तय भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।


प्रकाशित | १० असार २०७७, बुधबार १५:२०