मकाउमा पनि एनआरएनले थाल्यो हावाहुरी प्रभावीतलाई राहत संकलन अभियान

मकाउ । गैर आवासीय नेपाली संघ (एनआरएन ) मकाउले हावाहुरी प्रभावीतलाई सहयोग संकलन कार्य थालेको छ । आइसिसीको निर्देशनअनुसार एनआरएन मकाउले सहयोग संकलन अभियान जारी राखेको हो । एनआरएन मकाउ अध्यक्ष शान्दिेवी अधिकारीका अनुसार बारा र पर्साका हावाहुरी प्रभावीतको सहयोगको लागि राहत संकलन जारी रहेको हो । अध्यक्ष अधिकारीले सहयोग संकलन कार्य जारी रहेकाले सहयोगको लागि सबैमा आह्रवानसमेत गर्नुभएको छ ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार १९:५६