राष्ट्रपतिद्धारा बहुमतको सरकार गठनका लागि आहृवान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आहृवान गर्नुभएको छ । संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गर्नुभएको हो ।


प्रकाशित | २७ बैशाख २०७८, सोमबार २१:२७