गुराँस लाइफ र माछापुछ्रे बैंकबीच सम्झौता

काठमाडौं : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुछ्रे बैंकबीच माछापुछ्रे बैंकको कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बिमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बिमा योजनासहित १२ वटा जीवन बिमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु(याउने उद्देश्यले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक बालमुकुन्द रूपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । माछापुच्छे« बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट कम्पनीको जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रूपले लिन सक्ने पनि जनाएको छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार ०९:५८