प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत पाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री ओलीको संसदमा विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । ओलीले विश्वासको मत नपाएसँगै स्वतः पदमुक्त हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रस्तावको पक्षमा ९३ मत पाउनुभयो । विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव , बाबुराम भट्टराई) समूहका १ सय २४ जना सांसदले मत दिनुभयो ।

तटस्थमा १५ मत परेको छ भने एमालेका झलनाथ खनाल(माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित थिए । मतदानमा २ सय ३२ जना सहभागी थिए ।


प्रकाशित | २७ बैशाख २०७८, सोमबार १७:५९