एनआरएनए एनसिसीमा आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न कडाई, अब हरेक एनसिसीमा स्वतन्त्र लेखा समिति अनीवार्य

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वभर रहेका सबै एनसिसीमा आर्थिक पारदर्शीता र अनुशासन कायम गर्न कडाई गर्ने निर्णय गरेको छ । एनआरएनएमा आर्थिक अनुशासन र पारदर्शीता कायम गर्न सफल आइसिसीले एनसिसीमा पनि कडाईका साथ लागू गर्न लागेको हो ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठले शुक्रवार बसेको पदाधिकारी बैठकले संघका ८३ देशमा रहेका शाखाहरुको आर्थिक पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न महत्वपूर्ण निर्णय गरेको बताउनुभयो । कोषाध्यक्ष श्रेष्ठले सबै एनसिसीमा आर्थिक पारदर्शीता र अनुशासनलाई कडाईका साथ पालना गर्न संघको बैठकमा विभिन्न आर्थिक प्रस्ताव लग्नुभएको थियो ।

बैठकले राष्ट्रिय समितिहरुमा अनिवार्य रुपमा एक स्वतन्त्र लेखा समिति ( Audit Committee) गठन गर्नुपर्ने निर्णय गरेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार हरेक राष्ट्रिय समितिले अनिवार्य रुपमा एक आर्थिक प्रशासन निमावली ( Financial Bylaws) बनाई कडाईका साथ पालन गर्नुपर्ने निर्णय पनि गरिएको हो ।

सो नियमावलीमा खर्च कसरी गर्ने, खरिद कसरी गर्ने, अध्यक्ष, कोषाध्यक्षले कती रकम सम्म खर्च गर्न सक्नेलगायतका विषय स्पष्ट उल्लेख गर्नुपर्नेछ । नियमावलीमा उल्लेख भएबमोजीम एनसिसीले खर्च गर्न पाउँनेछ । आइसिसी बैठकले एनसिसीमा मनोमानी रुपमा खर्च नहोस र आर्थिक अनुशासन तथा पारदर्शीता कायम होस भन्ने उद्देश्यले आर्थिक प्रशासन नियमावली अनीवार्य गरेको कोषायक्ष श्रेष्ठले बताउनुभयो ।

बैठकले एनसिसीहरुले हरेक ४ महिनामा आन्तरिक लेखा परिक्षण गरेर पारित गरि अनीवार्य रुपमा आर्थिक विवरण आइसिसीमा पेश गर्नुपर्ने निर्णय पनि गरेको छ । त्यस्तै, एनसिसी जापानको अधिवेशनमा भएको आर्थिक विवादको विषयमा एक छानवीन समिति समेत गठन गरिएको छ । जापानको अधिवेशनमा भएको विवादको बारेमा छानविन गर्न क्षेत्रीय संयोजक रोविन्द्र श्रेष्ठको संयोजकत्वमा एक छानवीन समिति गठन गरिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

कोषाध्यक्ष महेश श्रेष्ठले आफनो कार्यकालको एक वर्षमै संस्थाको आर्थिक क्षेत्रमा धेरै सुधारहरु गरिरहनु भएको छ । विशेष गरि कोषाध्यक्ष श्रेष्ठले संस्थाको डिडिए रिपोर्ट तयार पार्दै तीन /तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनीक गर्नुभयो भने डेबिट या क्रेडिट कार्डबाट चन्दा दिन सकिने ब्यबस्थाको शूरुवात, संघले गर्ने खर्चलाई चुस्त राख्न आर्थिक नियमावली तयार र कोभिड -१९ कोषमा उल्लेख्ख सहयोग संकलन गर्दै संस्थाको आर्थिक पक्षलाई बलियो बनाउन लागिपर्नु भएको छ । कोषाध्यक्ष श्रेष्ठ अहिले भने संस्थालाई कसरी आर्थिक पारदर्शीता र उत्तरदायिपूर्ण बनाउन सकिन्छ भन्ने विषयमा अहोरात्र खटिरहनु भएको छ ।


प्रकाशित | १६ आश्विन २०७७, शुक्रबार २०:५८