एनआरएनए अफ्रिकाबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय समितीहरुबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग गरिने भएको छ । नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सँग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरिएको एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी दिनुभयो ।

अफ्रिका क्षेत्रको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो, घाना, मोजाम्बिके एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा ३ लाख ५० हजार बराबरको ५५० सिलिन्डर रिफिल गरि बुटवलबाट पठाइनेछ ।

नेपालका  १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सँग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय

त्यस्तै, सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने, युगान्डाका अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगायत दुई नम्बर प्रदेशमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याइनेछ ।

त्यस्तैगरि, आइसिसी क्षेत्रीय महिला उपसंयोजक मन थापाको संयोजकत्वमा सुदुर पश्चिम प्रदेशमा तीन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ । क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउदै जाने र आबश्यकता अनुसार अन्य जिल्लाहरुमा सहयोग गर्दै जाने बताउनुभयो ।

संघको क्षेत्रीय बैठकमा मोजाम्बिके अध्यक्ष देबी पौडेल, कङ्गो अध्यक्ष अमृत क्षेत्री, केन्या अध्यक्ष सुरज डुम्रे, तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई, सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष बिनोद थापा लगायतको उपस्थिति थियो ।

बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गर्नु भएको र यो संकटमा पनि सधै झै योगदान पुर्याउनेमा आफू बिश्वस्त रहेको छु, भन्नू भयो ।


प्रकाशित | २६ बैशाख २०७८, आईतवार २१:३७