एनआरएन यूकेको अधिवेशन सेक्टेम्बर १४ र १५ मा गर्ने निर्णय : अधिवेशन अगावै सदस्यता अभियान सञ्चालन गरिने

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको आठौ अधिवेशन आगामी १४ र १५ सेक्टेम्बरमा गर्ने निर्णय गरिएको छ । सोमबार बसेको यूके बैठकले एनआरएनए यूकेको आगामी आठौ अधिवेशन १४ र १५ सेक्टेम्बर २०१९ का दिन गर्ने निर्णय गरेको हो । एनआरएनए यूके अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले निकट भविष्यमा बनीने निर्वाचन समितिलाई १४ सेक्टेम्बर १९ का दिन निर्वाचन गरिदिन निर्देशीत गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, पाँच सय भन्दा बढी सदस्यता बनेका राज्य समन्वय समिति वा काउन्टी समन्वय समितिका लागि निर्वाचन बुथ राख्ने निर्णय भएको छ । बैठकले विभिन्न विषयमा छलफल गर्दै १५ बुँदे निर्णय गरेको जनाएको छ ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार १४:१८