युनाईटेडलाई हराउँदै सेभिया फाईनलमा

एजेन्सी – सेभिया युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । आईतबार राति म्यान्चेष्टर युनाईटेडलाई २–१ ले स्तब्ध पार्दै सेभियाले फाईनल यात्रा तय गरेको हो ।

ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियाे ।

लिभरपुलका पूर्व विङ्गर फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरेका थिए ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडको यस सिजन समेत ठुलो उपाधि जित्ने सम्भावना सकिएको छ । उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाईनलमा पराजित भएको छ ।

दोस्रो हाफमा सेभियाको यासीन बुनौले उत्कृष्ट प्रर्दशन गरे । उनले युनाईटेडका एन्थोनी मार्टियलका केही प्रहारलाई असफल पारेका थिए । सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासंग खेल्नेछ ।


प्रकाशित | १ भाद्र २०७७, सोमबार ०८:४१