माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । ११ पुसबाट काठमाडौंको कमलादीमा हुने सम्मेलनका १० प्रदेशबाट ८०३ जनासहित जम्मा १५३३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

महराका अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । त्यस्तै आयोजकका तर्फबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९ हुने छन् ।

केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् । केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन् ।

त्यस्तै भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागत द्वार राखिने भएको छ । सहरका मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने छ ।


प्रकाशित | ७ पुष २०७८, बुधबार १४:२६