प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीयः डा.बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सराहनीय भन्नु भएको हो । उहाँले शनिबार सामाजिक सञ्जालमा यस्तो बताउनु भएको हो ।

दलहरुको एजेण्डा फरक–फरक हुने भए पनि सबैभन्दा माथि देश, जनता र लोकतन्त्र हुने उल्लेख गर्दै डा. भट्टराईले आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने बताउनु भएको छ ।


प्रकाशित | २१ चैत्र २०७७, शनिबार १२:१४