काकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको बस त्रिशूली नदीमा खस्यो

काठमाण्डौ : धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसेको छ । आइतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले उद्धारको काम भैरहेको छ । गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०८:१०