प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिदैछन् । यसअघि माओवादीले ओलीलाई दिदै आएको समर्थन फीर्ता लिएको छ ।


प्रकाशित | २१ बैशाख २०७८, मंगलवार १८:५०