डडेल्धुराको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ घाइते

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से२त ३२१७ नंको ट्र्याक्टर आज दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते १३ मध्ये १० जनालाई उपचारका लागि कैलाली लगिएको र बाँकी तीन जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जाएको छ । अत्यधिक गतिका कारण ट्र्याक्टर सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाइएको छ ।


प्रकाशित | २२ असार २०७६, आईतवार २१:५४