एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष पन्तले सावधानी अपनाउँदा अपनाउँदै संक्रमीत हुनुपरेको बताउँनुभयो ।

अध्यक्ष पन्तले भन्नुभयो , ‘पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध छ । असुविधाका लागि क्षमाप्रार्थी छु।’

अध्यक्ष पन्त पछिल्लो एक महिनादेखि १० अर्वको एनआरएन डेभलपमेन्ट फ्रन्ट, लाप्राक नमूना परियोजना हस्तान्तरण लगायतका कार्यक्रमको लागि नेपालमै सक्रिय हुनुहुन्छ ।


प्रकाशित | १९ बैशाख २०७८, आईतवार १९:४५