प्रधानमन्त्रीले ‘तस्कर’लाई वनमन्त्री बनाएको नेता रावलको आरोप

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न ‘तस्कर’लाई नै वनमन्त्री बनाएको आरोप लगाउनु भएको छ ।
कञ्चनपुरको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उहाँले वनमन्त्री नै ‘तस्कर’ भएको आरोप लगाउनु भएको हो ।
‘वन मन्त्री आउँदा तस्कर आयो भन्दै निकै चर्चा हुने गरेको छ,’ उहाँले प्रधानमन्त्रीसँग प्रश्न गर्नु भयो , ‘यस्ता तस्करलाई वनमन्त्री बनाएर गर्न खोजेको के हो ?’
प्रधानमन्त्री ओलीमा शक्ति र पदको दुरुपयोग गरी झुटको खेती गरिरहेको समेत नेता रावलको आरोप थियो ।


प्रकाशित | ९ माघ २०७७, शुक्रबार ०८:१६