नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा वृत्ति मार्ग निर्देशन तालिम शूरु

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ६ मूलपानीमा अवस्थित नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा वृत्ति मार्ग निर्देशन तालिम शूरु भएको छ । आइतबार विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम पहाडीले औपचारिक रुपमा तालिममको उद्घाटन गर्नुभयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक पहाडीले आफ्नो विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउन तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

१४ देखि १८ बर्षसम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको, वृत्ति विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्तिपथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको छ ।


प्रकाशित | २० फाल्गुन २०८०, आईतवार २२:०२