ठूलो परिणाममा चरेशसहित एक जना पक्राउ

काठमाडौँ: ठूलो परिणाममा चरेशसहित एक जना पक्राउ परेका छन् । धादिङको गजुरीबाट ४७ किलो चरेशसहित एक जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा जयपृथ्वी न.पा ८ कैलाली स्थायी घर भई धनगढी उ.म.न.पा वडा नं ४ बस्ने काल्चे बोहोरा रहेको प्रहरीले जनाएको छ । उनलाई लागु औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनको साथबाट ४ वटा रातो रंगको प्लाष्टिक पोका बनाई लुकाई राखेको लागुऔषध अफिम ९७८ ग्राम र खैरो रंगको प्लाष्टिक टेपले बेरी र्यापिङ गरी पोका पारिएको ४७ किलो चरेश बरामत गरिएको छ ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार १०:२८