१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ । कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो ।


प्रकाशित | १३ बैशाख २०७८, सोमबार १५:३६