नेपालमा पिसिआर परीक्षण घटेकै हो ? के हो यथार्थ ?

डा सन्तोष दुलाल

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) ले करिब पाँच महिनाको अन्तरालमा नेपालमा सत्र हजार भन्दा बढीको संक्रमण र चालिस जनाको मृत्यु् गराई सकेको अवस्था छ। साथै, आर्थिक, पर्यटन, व्यापार,  शिक्षा र जनस्वास्थ्य क्षेत्रहरुलाई आन्क्रान्त पारेको अनुभव गर्न सकिन्छ ।

नेपालमा कोरोना प्रसारण र संक्रमणको तथ्यांकलाई विश्लेषण गर्दा, पहिलो संक्रमणबाट संक्रमितको सङ्ख्या १० पुग्न ८० दिन (२०७६ चैत ३०), १०० संक्रमित पुग्न १०७ दिन (२०७७ वैशाख २७), संक्रमितको संख्या १,००० पुग्न १२७ दिन (जेठ १६), ५,००० संक्रमित पुग्न केवल १४१ दिन (जेठ ३०), संक्रमितको संख्या १०,००० पुग्न केवल १५२ दिन (असार ९) र संक्रमितको संख्या १५,००० पुग्न १६२ दिन (असार १९) मात्र लाग्यो। 

कोरोना प्रसारण र संक्रमणको ताजा तथ्यांकलाई अध्ययन गर्दा, तर असार १९ देखी साउन ३ सम्म १५ दिनमा २,२५० नयाँ सन्क्रमितहरुको पुष्टि ६९,५८१ पिसिआर परीक्षणमा, तर ५,४९४ निको हुनेको संख्या (४०.२ प्रतिशतबाट  वृद्घि भइ ६६.५ प्रतिशत निको हुने दर पुगेको अवस्था), सक्रिय केसहरूको संख्या ३,२४५ ले घटनु (६० प्रतिशत सक्रिय केस बाट ३४ प्रतिशतमा तल झर्नु) ले कोरोना घटने क्रम (फ्ल्याट कर्व) उन्मुख देखाउँछ।

अर्को तरिकाले हेर्दा : बिगत २ हप्तामा (१५  दिनमा): (असार १९ देखी साउन ३ सम्म)
प्रत्येक दिन औसतमा –
o    पिसिआर प्रयोगशाला परीक्षण : ४,६३९
o    कोरोना संक्रमण पुष्टि : १५० जना (३.२ प्रतिशत पिसिआर परीक्षणमा)
o    निको भएकाको संख्या :  ३६६ जना (२.५ गुणा संक्रमित पुष्टि भएकाहरु निको हुने अवस्था)
o    क्वारेन्टाइन छोड्नेको संख्या : ८१३ जना (संक्रमण नदेखिएर)

तेस्तै, कोरोना प्रसारण र संक्रमणको विगतको तथ्यांकलाई हालको सँग तुलना गर्न अध्ययन तथा विश्लेषण गर्दा, 
चैत्र १८ देखी असार १९ सम्म ५५ दिनको अवस्था १५,१५९ नयाँ सन्क्रमितहरुको पुष्टि २२५,९३८ पिसिआर परीक्षणमा, तर ६,११२ निको हुनेको संख्या (३० प्रतिशतबाट  वृद्धि भइ ४०% निको हुने दर पुगेको अवस्था)

प्रत्येक दिन औसतमा –
o    पिसिआर प्रयोगशाला परीक्षण : ४,१०७
o    कोरोना संक्रमण पुष्टि : २७६ जना (६.७ प्रतिशत पिसिआर परीक्षणमा)
o    निको भएकाको संख्या :  १११ जना (आधा भन्दा कम संक्रमित पुष्टि भएकाहरु निको हुने अवस्था)

यथार्थमा, नेपालमा प्रत्येक दिन औसतमा कोरोना प्रयोगशाला पिसिआर परीक्षण हाल २ हप्तामा (असार १९ देखि साउन ३ सम्म, १५  दिनमा) बिगत चैत्र १८ देखि असार १९ सम्म ५५ दिनसम्म भन्दा करिब १३ प्रतिशतले वृद्धि भएको छ । समग्रमा, प्रति दिन औसत पिसिआर परीक्षण बढ्दो क्रममा भएको आंकडाले देखाएको छ।

तर जेष्ठ १८ देखि असार १९ सम्म, केसलोड धेरै भएकोले प्रति दिन औसत पिसिआर परीक्षण ५,६०० को हाराहारिमा भएको थियो यस अवधीसँग हाल २ हप्तामा (असार १९ देखि साउन ३ सम्म, १५  दिनमा) तुलना गर्दा कोरोना प्रयोगशाला पिसिआर परीक्षण घटेको हो तर धेरै केसलोड ४-५ गुणा क्वारेन्टाइन छोड्नेको संख्या (निको भएकोले) घटेको हुनुपर्छ।

यसलाई अर्को तरिकाले विश्लेषण गर्दा, सम्बन्धित देशको १० लाख जनसंख्यामा कोरोना प्रयोगशाला परीक्षण नेपालमा भन्दा बढी कोरोना संक्रमण देखिएका देशहरु र उक्त देश विश्वमा संक्रमितको सङ्ख्याको आधारमा श्रेणी अन्तर्गत तुलना गर्दा,

नेपालमा कोरोनाको परीक्षण यि माथिका देशहरुको तुलनामा लगभग उस्तै वा भन्दा बढी देखिन्छ ।

यस्तो विश्वव्यापी माहामारीको चरम संकटको अवस्थामा, धेरै आयदित व्यक्तिहरु को ब्यवस्थापनमा चुनौती, नेपालको आर्थिक अवस्था, भौगोलिक बनावट, रिअजेन्ट्न्स र स्रोतहरूको अभाव, आवश्यक विशेषज्ञको कमि, हुँदा हुँदै एक कोरोना प्रयोगशाला परीक्षण बाट २७ वटाको पुनर्स्थापना र स्थरन्नोती भएको सर्हानिय छ  ।

यी विविध पक्षहरुलाई केलाउदा कोरोना परीक्षण नेपालमा साविक नै भएको हो तर कोरोना पूर्ण नियन्त्रणको लागि अझै परीक्षणको दाएरा वृद्धि गर्दा  उत्तम हुन्छ। स्रोत -स्वास्थ्य खवर

(आनन्दवन अस्पतालमा अनुसन्धान वैज्ञानिक रहेका डा दुलालले दक्षिण कोरियाबाट स्नातकोत्तर र अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट-डक्टरल फेलोसिप गरेका छन्।)


प्रकाशित | ५ श्रावण २०७७, सोमबार ११:३५