एनआरएनए यूकेको अध्यक्ष पदमा इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी नेतृत्वको लागि इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनएसहित सामाजिक संघसंस्थामा पुर्याएको योगदान र बेलायतका नेपाली समुदायका अग्रजको चाहना अनुरुप अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको श्रेष्ठले बताउनु भयो ।

अहिलेसम्म कही कतै विवादमा नरहनु भएका उम्मेदवार श्रेष्ठले एनआरएनए यूकेमा सक्षम नेतृत्व आवश्यक रहेको बताउनु भयो । श्रेष्ठले संघमा अहिलेसम्म गरेको कामको अनुभवको आधारमा यूकेलाई राम्रोसँग बुझेको र यूकेको नेतृत्व गर्न सक्षम रहेको पनि बताउनुभयो । उहाँले छिट्टै एक औपचारिक कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने बताउनु भयो ।

को हुन् दीपक श्रेष्ठ ?

श्रेष्ठ बेलायतका सफल युवा नेपाली व्यवसायीका रुपमा स्थापित हुनुहुन्छ । सन् २००७ मा बेलायत आएदेखि उहाँले व्यवसायिक र सामाजिक जीवनलाई सँगसँगै अघि बढाउँदै लग्नु भएको छ।

श्रेष्ठको बेलायतमा क्यास एण्ड क्यारी, पब र प्रोपर्टी व्यवसाय छ भने नेपालमा बेलुन नेपाल प्रा. लि., लुम्बिनी क्रसर प्रा. लि. हिमालयन ग्लोवल इन्भेष्टमेन्ट प्रा.लि. मार्फत विभिन्न व्यवसाय सञ्चालन गरिरहनु भएको छ ।

एक दशकदेखि एनआरएनए अभियानमा सक्रिय श्रेष्ठले यसअघि एनआरएनए यूकेकै कार्यसमितिमा रही सदस्य र कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।  श्रेष्ठले हाल एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्को नेतृत्व गरिरहनु भएको छ ।

बेलुन प्रा. लि नेपाल, काठमाडौंले नेपालमा पहिलोपटक पर्यटकीय नगरी पोखरामा ‘हट एयर’ बेलुन सेवा शुरु गरि पोखराको मनोरम दृश्यावलोकन गर्ने व्यवस्था गरेको छ । श्रेष्ठ चलचित्र निर्माता पनि हुनुहुन्छ । उहाँको समेत लगानी रहेको नेपाली चलचित्र ‘निरफुल’ प्रदर्शनको तयारीमा छ ।

एक दशकदेखि एनआरएनए अभियानमा सक्रिय श्रेष्ठले यसअघि एनआरएनए यूकेकै कार्यसमितिमा रही सदस्य र कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । बुद्ध फाउण्डेसन यूकेका संस्थापक अध्यक्ष समेत रहनु भएको श्रेष्ठले हाल एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्को नेतृत्व गरिरहनु भएको छ ।


प्रकाशित | ११ बैशाख २०७८, शनिबार २३:१५